स्याङ्जा प्रहरीमा शुरू भयो ‘आई लभ यु बुढी, गुड नाईट’ अभियान (भिडियो रिपोर्ट)
स्याङ्जा- स्याङ्जाको प्रहरीलाइ पारिवारिक तनावबाट मुक्त गराउन जिल्ला प्रहरी कार्यालय स्याङ्जाले नौलो अभ्यास शुरु गरेको छ । अब यहाँका प्रहरीहरुले हरेक दिन श्रीमतिलाइ फोन गरेर ‘आइ लभ यु बुढी गुडनाईट’ भन्नुपर्ने छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले प्रहरी र प्रहरीको घरपरिवारको सम्बन्ध सुधार गर्न नौलो अभ्यास शुरु गरेको छ ।
जनताको सेवामा खटिने प्रहरीहरुले परिवारलाई भन्दा जनताको सेवामा धेरै समय दिनुपर्ने भएकाले प्रहरीलाई मानसिक तनाव भएको बताउँदै ‘आई लभ यु बुढी , गुड नाईट’ को अभियान शुरु गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख होबिन्द्र बोगटीले यो अभियान शुरु गरेसँगै अहिले जिल्लाभरका प्रहरीले राती सुत्ने समयमा घरपरिवारलाई समय दिन थालेका छन् । पारिवारिक सम्बन्ध सुमधुर हुनसके प्रहरीको कार्य सम्पादन पनि गुणस्तरीय हुने प्रहरी उपरीक्षक बोगटीले बताउनुभयो ।
पछिल्लो समय प्रहरीले आफ्नो परिवारलाई समय दिन नसक्दा बहुबिवाह , झैझगडा , मादक पदार्थ सेवन जस्तो समस्या प्रहरीमा पनि बढेको छ । लामो समयदेखि घर जान नपाएका र गृहजिल्ला भन्दा टाढा कार्यक्षेत्र भएका प्रहरीलाई यो अभियान निकै प्रभाबकारी रहेको प्रहरीहरु बताउँछन् ।
दैनिक जनताको सेवामा तत्पर प्रहरीलाई घरको मानसिक तनाबबाट मुक्त बनाउन सके मात्र प्रभावकारी सेवा प्रदान गर्न सकिन्छ भन्ने यो अभियान सबै प्रहरीमा लागु हुन आवश्यक छ ।-
प्रतिक्रिया राख्नुहोस्