ज्ञवालीको नयाँ कविता संग्रह ‘स्वाभिमान’ सार्वजनिक

काठमाडौं- अपाङ्ग दिवसको उपलक्ष्यमा कवि तथा लेखक सरस्वती ज्ञवालीद्बारा लिखित कविता संग्रह ‘स्वाभिमान’को काठमाडौंमा लोकार्पण गरियो ।

कविता संग्रहको बिमोचन कवि डाक्टर रामप्रसाद ज्ञवाली, महिला अधिकरकर्मी बन्दना राणाा र साहित्यकार विमला तुम्फेवाले संयुक्त रुपमा गर्नुभएको हो ।

कविता संग्रहमा राष्ट्र, राष्ट्रियता, सामाजिक कुरिती, बेथितिलगायत समाज र मुलुकप्रतिको नागरिक दायित्व जस्ता कविताहरु समेटिएका छन् ।

कार्यक्रममा कवि तथा लेखक सरस्वती ज्ञवालीले देश र समाजप्रति देखेका भोगेका पीडा र चिन्तनलाई कविता र साहित्यमार्फत आफूले उतार्ने गरेको विचार व्यक्त गर्नुभयो ।

कविता संग्रहमाथि समीक्षा गर्नुहुँदै डाक्टर रामप्रसाद ज्ञवाली तथा संयुक्त राष्ट्रसंघ अन्तरगतको  महिला विरुद्ध हुने सबैखाले विभेद अन्त्य गर्न बनेको समिति सिडका सदस्य बन्दना राणाले कविता र साहित्यमा समाज र राष्ट्रलाई परिवर्तन गर्नसक्ने क्षमता भएको विचार व्यक्त गर्नुभयो ।

कवि तथा लेखक सरस्वती ज्ञवाली परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीकी धर्मपत्नी हुनुहुन्छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.