इटालीमा कोरोना फैलिएपछि पुनः कडाइ

इटाली– इटालीमा कोरोनाभाइरसको संक्रमण फैलिएको भन्दै फेरि नयाँ प्रतिबन्धात्मक व्यवस्थाहरुको घोषणा गरिएको छ ।
महत्वपूर्ण चाड पर्वहरु आएकाले चाड पर्व मनाउने क्रममा कोरोनाभाइरसको महामारी थप फैलिन सक्ने आँकलन गर्दै फेरि प्रतिबन्धात्मक व्यवस्थाहरु लागु गरिएको हो । प्रधानमन्त्री गिसेपे कोन्टेले नयाँ बर्षलगायतका चाड पर्व र विदा मनाउने क्रममा महामारी थप फैलिन नदिन नयाँ प्रतिबन्धात्मक व्यवस्थाहरु घोषणा गरिएको जानकारी दिनुभयो ।
नयाँ व्यवस्था अनुसार मानवीय गतिविधि तथा आवतजावतलाई नगरपालिका र क्षेत्रमा सिमित गरिने छ । एक नगर वा क्षेत्रबाट अर्को नगर वा क्षेत्रमा जान प्रतिबन्ध लगाइने उहाँले बताउनुभयो ।






प्रतिक्रिया राख्नुहोस्