ब्रेक्जिटपछिको व्यापार सम्झौताका लागि बेलायत र युरोपेली संघ वार्तामा बस्न सहमत

ब्रेक्जिटपछिको व्यापार सम्झौताका लागि बेलायत र युरोपेली वार्ताको टेबलमा बस्न सहमत भएका छन् । बेलायतका प्रधानमन्त्री बोरिस जोनसन र युरोपेली संघकी अध्यक्ष उर्सुला भोन डेर लियनका बीच टेलिफोनमा भएको कुराकानीपछि औपचारिक वार्ताको सहमति जुटेको हो ।

ब्रेक्जिटपछि महत्वपूर्ण भिन्नताकै बीच पनि व्यापार सम्झौता हुने भएको हो । वार्तामा तीन वटा आलोचनात्मक मुद्दाहरु सम्बोधन गर्नुपर्नेछ । वार्ता टोलीले आज ब्रसेल्समा वार्ता गर्नेछ । त्यसपछि पुनः नेताहरु बीच भोलि छलफल हुने कार्यक्रम छ ।

बेलायती प्रधानमन्त्री जोनसन र युरोपेली संघकी अध्यक्ष उर्सुलाले जारी गरेको संयुक्त वक्तव्यमा माछा सम्बन्धी अधिकार, प्रतिस्पर्धाको नियम र कुनै पनि सम्झौताको कार्यान्वयन कसरी गर्ने भन्ने विषयमा वार्ता केन्द्रित हुनेछ । यी विषयमा सहमति नजुटेसम्म थप सम्झौता हुन नसक्नेमा दुबै पक्ष अडिग रहेका छन् ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.