२४ घण्टामा थपिए १०९६ संक्रमित

काठमाडौं– नेपालमा आज थप १०९६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ६४९५ जनाको पीसीआर परीक्षणमा १०९६ जनामा संक्रमण पुष्टि भएको हो ।

गत २४ घण्टामा १७५२ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख २५ हजार ८ सय ५ जना छन् । नेपालमा निको हुने दर ९३ दशमलव ७ प्रतिशत रहेको छ ।

कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या १५९४ रहेको छ ।

गत २४ घण्टामा काठमाडौं उपत्यकामा ४८५ जना संक्रमित भएका छन् । तीमध्ये काठमाडौंमा ३५१, भक्तपुरमा ५९ र ललितपुरमा ७५ जना संक्रमित थपिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.