प्रदेश १ मा पहिलो चौमासिकमा करिब साढे १२ प्रतिशत बजेट खर्च

विराटनगर– कोरोना महामारीकाबीच पनि प्रदेश नम्बर १ को सरकारले आर्थिक वर्ष ०७७/७८ को पहिलो चौमासिकमा करिब साढे १२ प्रतिशत बजेट खर्च गर्न सफल भएको छ ।

गत वर्षको यसै अवधिमा करिब ७ प्रतिशत मात्र बजेट खर्च भएकोमा यसवर्ष खर्च बढेको हो । चालुतर्फ करिब ८ प्रतिशत र पूँजीगततर्फ करिब साढे १५ प्रतिशत गरी करिब ४ अर्ब ९६ करोड रुपैयाँ खर्च भएको प्रदेश १ को आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले राजस्व संकलन केही प्रभावित भएपनि प्राथमिकतामा रहेका योजनाहरुका लागि श्रोत अभाव हुन नदिने जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.