वृद्धाश्रममा कातेको बत्ती बिक्रि नहुँदा समस्या

स्याङ्जा- स्याङ्जाको राम्दीस्थित वृद्धाश्रममा  रहँदै आएका ४० भन्दा बढी वृद्धाले उत्पादन गरेको बत्तीले बजार नपाउँदा यहाँका बृद्द-बृद्धा चिन्तित भएका छन् ।

कोरोना महामारीको कारण मठ मन्दिरमा दर्शनार्थी आउन ठप्प भएसँगै उनीहरुले  कातेको बत्तीले पनि बजार नपाएको वृद्धाहरु बताउँछन ।

वृद्धा माताहरुको दैनिकी बत्ती कातेर बित्ने गरेको छ । त्यही बत्ती बेचेर आएको पैसाले दैनिकी चलाउने मात्र होइन आँफुलाई इच्छा लागेको लगाउने र खाने गर्दछन् यी वृद्ध वृद्धाहरु । तर कारोना महामारीको कारण धार्मिक मठ मन्दिर ठप्प भएपछि राम्दीधामका वृद्ध वृद्धा चिन्तित बनेका हुन ।

यहाँ आउने भक्तजनहरु नै बत्ती खरिद गर्ने ग्राहक भएको कारण अहिले यो बत्ती बिक्री हुन छाडेको पार्बती जिसी बताउनुहुन्छ ।

दैनिक पूजा आजा गर्न , लाख बत्ती बाल्न र विभिन्न धार्मिक प्रयोजनमा यहाँको बत्ती बिक्री हुँदै आएको थियो ।

एक लाख बत्तीको मुल्य ६ हजार पर्ने भएको भएपनि अहिले यी बत्तीहरु थन्किएर बसेका छन् ।

विभिन्न संघ संस्था र व्यक्तिहरुले विशेष अवसरमा ल्याउने खाद्यान्नमा आश्रित बनेका यी वृद्धवृद्धा सहज दिन कहिले आउँछ भन्ने आशमा बसिरहेका छन् । कोरोनाले ठूला व्यापारी मात्र होइन उमेर ढल्केका वृद्ध वृद्धाको दैनिकीमा समेत असर पारेको छ ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.