सच्चिएर काम गर्न सरकारलाई नेपाली काँग्रेसको सुझाव

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको गलत क्रियाकलापले गर्दा सडकमा असन्तुष्टि देखिएको भन्दै सच्चिएर काम गर्न सरकारलाई सुझाव दिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना गर्नुभएको सर्वदलीय बैठकमा काँग्रेसले सरकारलाई सच्चिएर संविधानको मर्म अनुसार चल्न आग्रह गरेको सह-महामन्त्री डाक्टर प्रकाशशरण महतले जानकारी दिनुभयो ।

अहिले गणतन्त्रविरोधी आन्दोलनको बारेमा भएको सर्वदलीय छलफलमा काँग्रेसका नेताहरुले व्यवस्थाप्रतिभन्दा सरकारप्रतिको असन्तुष्टि बढेकोले विरोध भएको बताउनुभएको थियो ।

बैठकपछि संचारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै काँग्रेस सहमहामन्त्री महतले भन्नुभयो- “देशमा व्यापक असन्तुष्टि छ, त्यसमा दुईमत छैन, सरकारले गलत काम गरेको हुनाले विभिन्न रुपमा असन्तुष्टि प्रकट भइरहेको छ । राजवादी वा अरु नाममा सडकमा प्रकट भएको पनि त्यही हो ।”

बैठकमा कांग्रेस नेताहरुले कोरोना रोकथाम र नियन्त्रणमा सरकारले लिएको नीतिको पनि आलोचना गर्नुभएको थियो ।

यसैगरी तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि गरिएको व्यवहारको पनि काँग्रेसले विरोध जनाएको थियो ।

साथै नेपाली काँग्रेसले संसदको बैठक तत्काल बोलाउन समेत माग गरेको नेता महतले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.