भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसः सुशासनको वाधक जस्तोसुकै भ्रष्टाचार पनि क्षम्य हुन सक्दैनः प्रधानमन्त्री

काठमाडौं- भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस आज विश्वभरी मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा प्रत्येक बर्ष डिसेम्बर ९ का दिन विश्वभर यो दिवस मनाउने गरिन्छ । यस बर्ष सदाचारका साथ पुनरुत्थान’ भन्ने मूल सन्देश राखिएको छ ।

दिवसको अवसरमा दिनुभएको सन्देशमा प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार जटिल सामाजिक, राजनीतिक र आर्थिक तत्व हो भन्नु हुँदै यसले सबै देशलाई गम्भीर असर पुर्‍याउने उल्लेख गर्नु भएको छ ।

भ्रष्टाचारले लोकतान्त्रिक संरचना र संस्थालाई क्षति पुर्‍याउनुका साथै निर्वाचित सरकारलाई अस्थिर बनाई आर्थिक विकासमा पनि सुस्तता ल्याउने प्रधानमन्त्रीले बताउनु भएको छ ।

राष्ट्रसङ्घको महासभाले भ्रष्टाचार विरुद्ध संयुक्त रूपमा लड्न संयुक्त राष्ट्रसङ्घीय महासन्धि सन् २००३ मा पारित गरेको प्रसंग उल्लेख गर्नुहुंदै प्रधानमन्त्री ओलीले सन् २००५ देखि लागू भएको यस महासन्धिलाई नेपालले अनुमोदन पनि गरिसकेको जानकारी दिनु भयो ।

महासन्धि अनुसार नै नेपाललै सम्पत्ति शुद्धीकरण गठन गरी भ्रष्टाचार विरुद्ध लड्न संवैधानिक र कानुनको सर्वोच्चता अङ्गीकार गरिएको प्रधानमन्त्रीले उल्लेख गर्नुभयो ।

भष्ट्राचार हुनै नदिनु सरकारको प्राथमिकता भएको प्रष्ट पार्दै प्रधानमन्त्री ओलीले ठूलो वा सानो मात्राको वा ठूलो वा सानो पदको वा जोसुकैले भ्रष्टाचार गरे पनि त्यो अपराध क्षम्य हुन नसक्ने बताउनु भयो ।

नेपालमा विगत दुई वर्षमा सुशासन कायम गर्न राम्रा प्रयास र अभ्यासको थालनी गरिएको उल्लेख गर्नुहुंदै प्रधानमन्त्रीले भ्रष्टाचार गर्ने प्रवृत्ति धेरैै हदसम्म निरुत्साहित गर्न आवश्यक रहेको बताउनु भयो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘भ्रष्टाचार मुक्त र सदाचारयुक्त समाज निर्माण’ गर्ने नयाँ रणनीति अगाडि सारेको प्रधानमन्त्रीले बताउनु भयो ।

भ्रष्टाचार नियन्त्रण गर्न सरकारी, निजी, गैरसरकारी, सामुदायिक तथा सञ्चार क्षेत्र लगायत सबैको सहयोग र सहकार्य आवश्यक पर्दछ भन्नुहुँदै प्रधानमन्त्रीले देशको सामाजिक मूल्य, मान्यता, संस्कार र व्यवहारमा परिवर्तन गर्नु पनि आवश्यक रहेको बताउनु भयो ।-

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.