सय दिनमा १० करोडलाई कोरोना विरुद्धको खोप लगाउने अमेरिकी राष्ट्रपति बाइडनको योजना

अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडनले आफूले सत्ता सम्हालेको सय दिनमा १० करोड जनसंख्यालाई कोरोना विरुद्धको खोप लगाउने योजना सार्वजनिक गर्नुभएको छ ।

बाइडन आगामी जनवरी २० मा राष्ट्रपतिका रुपमा ह्वाइट हाउस प्रवेश गर्दै हुनुहुन्छ । गत नोभेम्बरमा भएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बाइडनले हराएर राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो ।

विश्वमै संयुक्त राज्य अमेरिका कोरोना भाइरसबाट सबैभन्दा प्रभावित छ । पछिल्लो समय संक्रमणको दर अहिलेसम्मकै उच्च देखिरहेका बेला बाइडनले आफ्नो खोप योजना सार्वजनिक गर्नुभएको हो । बाइडनले आफूले सत्ता सम्हालेको पहिलो महिना नै कोरोनाको प्रकोप अन्त्य नहुने तर कोभिड १९ को अध्ययय भने परिवर्तन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

यसअघि नै बाइडनले अमेरिकीहरुलाई सय दिनका लागि मास्क लगाउन आग्रह गरिसक्नु भएको छ । मंगलबार मात्रै अमेरिकाले कोरोना विरुद्धको खोप फाइजर बायोएनटेकलाई अमेरिकामा प्रयोग गर्नका लागि स्वीकृति प्रदान गरिसकेको छ । अमेरिकामा हालसम्म १ करोड ५५ लाखभन्दा बढी संक्रमित भएका छन् भने २ लाख ९३ हजारभन्दा बढीको कोरोना संक्रमणकै कारण मृत्यु भइसकेको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.