धादिङमा एकजना महिलाले तीन जना शिशु जन्माइन्

धादिङ- जिल्ला अस्पताल धादिङमा एक जना महिलाले तीन वटा शिशु जन्माएकी छिन । धादिङ ज्वालामुखी गाँउपालिका वडा-६ की ३७ वर्षीया रिम्क गुरुङ्गले एकै पटक तीन वटा शिशु जन्माएकी हुन ।

जिल्ला अस्पताल धादिङमा गएराति चिकित्सकहरुले शल्यक्रियाबाट १५, १८, र २५ सय ग्रामका तीन वटा शिशु जन्मेका जनाएका छन ।

जिल्ला अस्पातल धादिङमा यसरी शल्यक्रिया गरी तीन ओटा शिशु  जन्माएको यो पहिलो पटक हो ।

अहिले शिशुहरु र आमा दुबैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.