शैलुङ्ग क्षेत्रमा पर्यटकको चहलपहल
रामेछाप- पर्यटकीयस्थल रामेछापको शैलुङ्ग क्षेत्रमा अहिले पर्यटकको चहलपहल शुरु भएको छ ।
सूर्योदयको मनोरम दृश्यावलोकन तथा वरिपरिका हिमश्रृंखलाई नजिकैबाट नियाल्नका लागि प्रख्याल शैलुङ्गको अन्य मनोरम दृश्यावलोकनका लागि समेत आन्तरिक तथा बाह्य पर्यटकको घुँइचो लाग्न थालेको हो ।
शैलुङ्गको सय थुम्का, सूर्योदय अवलोकन, प्रसिद्ध पर्यटकीय केन्द्र, प्रथम साङ्गे म्हार्मोचे, पाँचौ पद्म सम्भव र सातौँ गौतम बुद्धले तपस्या गरेको पवित्र भूमिले शैलुङ्ग परिचित छ।
गत बर्षको शैलुङ्ग महोत्सवपछि यस क्षेत्रमा भ्रमण गर्ने आन्तरिक तथा बाह्य पर्यटकको संख्या ह्वात्तै बढेको स्थानीय बताउँछन ।
शैलुङ्गमा एक सय भन्दा बढि प्राकृतिक चुचुरा र थुम्काहरु मुख्य आकर्षकको रुपमा रहेका छन ।
नेपालको उत्तरी क्षेत्रमा रहेका हिमालको अवलोकन, रमणीय हिमश्रृंखलाहरुको अवलोकनसँगै यहाँको अन्य मनोरम दृश्यावलोकनका लागि विभिन्न जिल्लाबाट पर्यटकहरु आउने गरेको कुरा स्थानीय दावा शेर्पा बताउनुहुन्छ ।
पर्यटकीय मात्र नभएर धार्मिक दृष्टिकोणलेसमेत महत्वपूर्ण मानिएको शैलुङ्ग क्षेत्रमा अहिले नेपालका आन्तरिक पर्यटक मात्र नभएर भारत तथा अन्य देशबाट पनि पर्यटकहरु आउने गरेको कुरा दोरम्बा गाउँपालिकाले जनाएको छ ।
करिव ३ हजार १ सय मिटर भन्दा अग्लो यो स्थानमा केहिदिन यतादेखि पर्यटकको घुइँचो लाग्न थालेको शैलुङ्ग खोलाखर्कका स्थानीयहरुले जानकारी दिएका छन ।।
प्रतिक्रिया राख्नुहोस्