प्रधानाध्यापक बिभत्स हत्या, विप्लव समूहले लियो जिम्मेवारी
मोरङ- मोरङको मिक्लाजुङ गाउँपालिकाका एक जना प्रधानाध्यापकको विप्लव समूहले घाँटी रेटेर हत्या गरेको छ ।
नेकपा विप्लव समूह मेची-कोशी व्युरोले सो हत्याको जिम्मेवारी लिएको छ ।
मिक्लाजुङ वडा नं. १ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक ५४ वर्षीय राजेन्द्र श्रेष्ठको घाँटी रेटेर हत्या भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मान बहादुर राईले जानकारी दिनुभयो ।
उहाँले प्रहरी उपरिक्षक सन्तोष खड्का नेतृत्वको प्रहरी टोली नै घटनास्थल पुगेको र हात बाँधेर घाँटी रेटेर हत्या गरिएको अबस्थामा शव फेला परेको जानकारी दिनुभयो ।
हत्या गर्नु अघि प्रधानाध्यापक श्रेष्ठलाई घरबाट अपहरण गरी लगिएको मोरङ प्रहरीले जनाएको छ ।
मिक्लाजुङ वडा नं. १ को घटनास्थल मोरङ, धनकुटा, इलाम र पाँचथर जिल्लाको सिमाना र विकट ठाँउमा रहेकाले प्रहरीलाई घटनास्थल पुग्न धेरै समय लागेको थियो ।
हालसम्म हत्यामा संलग्न कसैलाई पनि प्रहरीले पक्राउ गर्न सकेको छैन ।
सो क्षेत्रमा प्रहरीले सर्च अपरेशन संचालन गरेको प्रदेश-१ प्रहरी कार्यालयले जनाएको छ ।।
प्रतिक्रिया राख्नुहोस्