कानून मन्त्रीद्वारा लैंगिक हिंसा निवारण सम्बन्धी कानून कार्यान्वयनबारे छलफल

काठमाडौं– कानून, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले लैंगिक हिंसा निवारण सम्बन्धी कानून कार्यान्वयमा देखिएका चुनौतीबारे प्रदेश र स्थानीय तहका जनप्रतिनिधि र सरकारी अधिकारीसँग छलफल गर्नुभएको छ ।

लैगिंक हिंसा विरुद्धको १६ दिने अभियानका अवसरमा मन्त्री तुम्बाहाङ्फेले प्रदेशका सामाजिक विकास मन्त्री, राष्ट्रिय सभाका उपाध्यक्ष, प्रदेशका उपसभामुख, स्थानीय तहका उपप्रमुखहरु तथा सातै प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रालयका अधिकारीसँग भर्चुअल छलफल गर्नुभएको हो ।

छलफलको सुरुवात गर्दै मन्त्री तुम्बाहाङ्फेले लैंगिक हिंसा निवारण सम्बन्धी कानून कार्यान्वयमा प्रदेश र स्थानीय तहको भूमिका महत्वपर्ण हुने बताउनुभयो । उहाँले हिंसा अन्त्यका लागि विद्यमान कानूनहरुको प्रयोग गर्दै सामना गर्न सकिने धारणा राख्नुभयो । मन्त्री तुम्बाहाङ्फेले स्थानीय तहका न्यायिक समितिले जबरजस्ती करणीलगायतका मुद्दामा पनि हात हालेको बताउँदै त्यसो गर्न नमिल्ने स्मरण गराउनुभयो ।

कार्यक्रममा मन्त्रालयका सचिव ऋषि राजभण्डारीले महिलाविरुद्धका हिंसा कम गर्दै नेपाललाई लैंगिकमैत्री मुलुकको रुपमा चिनाउन सकिने बताउनुभयो ।

कार्यक्रममा प्रदेशका सामाजिक विकास मन्त्री, राष्ट्रिय सभाका उपाध्यक्ष, प्रदेशका उपसभामुख, स्थानीय तहका उपप्रमुखहरु तथा सातै प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रालयका अधिकारीहरुले कानून प्रयोग गर्दा भएका चुनौतीबारे अनुभव राख्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.