तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान नन्दकृष्ण जोशीलाई

काठमाडौं–यस बर्षको तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मानबाट लोक तथा देउडा गायक नन्दकृष्ण जोशी सम्मानित हुनुभएको छ ।

तुलसीमान श्रेष्ठ स्मृति समाजले आज साहित्यकार जोशीलाई पुरस्कार र सम्मान पत्र प्रदान गरेको हो ।

कार्यक्रममा उपकुलपति डाक्टर गुरुङ, पुरस्कृत ब्यक्तित्व गायक जोशी, प्रतिष्ठानका अध्यक्ष सिताराम अधिकारी सचिव तुलसीनारायण श्रेष्ठ,साहित्यकार डाक्टर भक्त राई लगायतका वक्ताहरुले लोक संस्कृतिको संरक्षणबाट राष्ट्रिय संस्कृति उन्नत हुने धारणा राख्नुभएको थियो ।

सो पुरस्कार शताव्दी पुरुष सत्यमोहन जोशी र साहित्यकार प्राध्यापक डाक्टर चुडामणि बन्धु सम्मानित भइसक्नुभएकोछ ।

यस बर्ष नेपालको सुदुर पश्चिम क्षेत्रमा लोक भाकाको जगेर्ना र उत्थानमा अबिश्मरणीय योगदान पुर्‍याउनुभएको कामको सम्मान गर्दै लोक तथा देउडा गायक जोशीलाई “तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान–२०७७” प्रदान गरिने निर्णय गरिएको समाजले जनाएको छ ।

नेपाली साहित्य र शिक्षाको क्षेत्रमा लामो समयसम्म योगदान दिनुभएका स्वर्गीय तुलसीमान श्रेष्ठको स्मृतिमा यो साहित्य सम्मान प्रदान गरिँदै आएको छ ।

नेपाली लोक साहित्यको क्षेत्रमा योगदान दिने र विश्वभर नेपाली भाषाभाषीहरुको संरक्षण र सम्बर्धनमा विशेष योगदान पुर्‍याउने श्रष्ठालाई यो पुरस्कार हरेक बर्ष दिँदै आएको स्वर्गीय श्रेष्ठका छोरा डाक्टर निरजमान श्रेष्ठले जानकारी दिनुभयो ।

सो सम्मान आज नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङ्गले प्रदान गर्नुभएको हो ।

यसअघि तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मानबाटप्रा. डा. चुडामणी बन्धु, सत्यमोहन जोशी सम्मानित भइसक्नुभएको छ ।

विसं २००९ सालमा गोरखाको च्याङ्लीमा जन्मनुभएका श्रेष्ठका धेरै साहित्यिक कृतिहरु प्रकाशित छन ।

उहाँका गोरखाली लोक साहित्य, हिन्दू धर्ममा नारी, पुस्तान्तर कथा संग्रह, झ्याउरे गीतको अध्ययन लगायतका दर्जनभन्दा धेरै कृतिहरु प्रकाशित छन ।

माध्यमिक विद्यालयका प्रधानाध्यापकदेखि त्रिभुवन विश्व विद्यालयको सह-प्राध्यापकसम्म भएर नेपालको शैक्षिक क्षेत्रमा उहाँले उल्लेखनीय योगदान दिनुभएको थियो ।।

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.