तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान नन्दकृष्ण जोशीलाई

काठमाडौं–यस बर्षको तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मानबाट लोक तथा देउडा गायक नन्दकृष्ण जोशी सम्मानित हुनुभएको छ ।

तुलसीमान श्रेष्ठ स्मृति समाजले आज साहित्यकार जोशीलाई पुरस्कार र सम्मान पत्र प्रदान गरेको हो ।

कार्यक्रममा उपकुलपति डाक्टर गुरुङ, पुरस्कृत ब्यक्तित्व गायक जोशी, प्रतिष्ठानका अध्यक्ष सिताराम अधिकारी सचिव तुलसीनारायण श्रेष्ठ,साहित्यकार डाक्टर भक्त राई लगायतका वक्ताहरुले लोक संस्कृतिको संरक्षणबाट राष्ट्रिय संस्कृति उन्नत हुने धारणा राख्नुभएको थियो ।

सो पुरस्कार शताव्दी पुरुष सत्यमोहन जोशी र साहित्यकार प्राध्यापक डाक्टर चुडामणि बन्धु सम्मानित भइसक्नुभएकोछ ।

यस बर्ष नेपालको सुदुर पश्चिम क्षेत्रमा लोक भाकाको जगेर्ना र उत्थानमा अबिश्मरणीय योगदान पुर्‍याउनुभएको कामको सम्मान गर्दै लोक तथा देउडा गायक जोशीलाई “तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान–२०७७” प्रदान गरिने निर्णय गरिएको समाजले जनाएको छ ।

नेपाली साहित्य र शिक्षाको क्षेत्रमा लामो समयसम्म योगदान दिनुभएका स्वर्गीय तुलसीमान श्रेष्ठको स्मृतिमा यो साहित्य सम्मान प्रदान गरिँदै आएको छ ।

नेपाली लोक साहित्यको क्षेत्रमा योगदान दिने र विश्वभर नेपाली भाषाभाषीहरुको संरक्षण र सम्बर्धनमा विशेष योगदान पुर्‍याउने श्रष्ठालाई यो पुरस्कार हरेक बर्ष दिँदै आएको स्वर्गीय श्रेष्ठका छोरा डाक्टर निरजमान श्रेष्ठले जानकारी दिनुभयो ।

सो सम्मान आज नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङ्गले प्रदान गर्नुभएको हो ।

यसअघि तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मानबाटप्रा. डा. चुडामणी बन्धु, सत्यमोहन जोशी सम्मानित भइसक्नुभएको छ ।

विसं २००९ सालमा गोरखाको च्याङ्लीमा जन्मनुभएका श्रेष्ठका धेरै साहित्यिक कृतिहरु प्रकाशित छन ।

उहाँका गोरखाली लोक साहित्य, हिन्दू धर्ममा नारी, पुस्तान्तर कथा संग्रह, झ्याउरे गीतको अध्ययन लगायतका दर्जनभन्दा धेरै कृतिहरु प्रकाशित छन ।

माध्यमिक विद्यालयका प्रधानाध्यापकदेखि त्रिभुवन विश्व विद्यालयको सह-प्राध्यापकसम्म भएर नेपालको शैक्षिक क्षेत्रमा उहाँले उल्लेखनीय योगदान दिनुभएको थियो ।।

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.