पार्टीभित्रको बहस विधि र पद्धतिका लागि मात्र : दाहाल

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्रको बहस विधि र पद्धतिका लागि मात्र भएको बताउनुभएको छ ।

पार्टी कार्यालय धुम्रबाराहीमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले संविधानले समाजवाद उन्मुख राज्यको परिकल्पना गरेको भन्दै त्यस्तो राज्य निर्माणको दायित्व पनि नेकपाको नै भएको धारणा राख्नुभयो । उहाँले गणतन्त्रलाई सुदृढ गर्दै यहि प्रणालीमार्फत मुलुकको आर्थिक विकासको यात्रा तय हुने बताउनुभयो ।

कार्यक्रममा नेकपा वरिष्ठ नेता माधवकुमार नेपालले नेकपाप्रति जनताको विश्वास बढ्दै गएको उल्लेख गर्नुभयो ।

त्यसबखत कांग्रेसका पूर्वसांसद कौसर साह नेकपा पार्टिमा प्रवेश गर्नुभएको थियो । नेता साहले पार्टीभित्रका गुटउपगुटका कारण कांग्रेस पार्टी परित्याग गर्ने निर्णयमा पुगेको बताउनुभयो ।

साह दोस्रो संविधानसभा निर्वाचन २०७० मा कांग्रेसको तर्फबाट मुस्लिम कोटामा सांसद बन्नुभएको थियो । उहाँसँगै १०९ जना नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.