प्रतिगमनकारी र प्रतिक्रियावादी शक्तिहरुले चलखेल गरेः सञ्चार मन्त्री

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ्गले पछिल्लो समय सरकारको स्थायित्वमाथि आक्रमणका प्रयासहरु हुँदा मुलुकमा प्रतिगमनकारी र प्रतिक्रियावादी शक्तिहरुले चलखेल गर्न लागेको बताउनु भएको छ ।

नेपाल आर्थिक पत्रकार संङ्घले आयोजना गरेको कार्यक्रममा सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङ्गले केही शक्तिहरुले सरकारप्रति असन्तुष्टि र विरोध सृजना गर्दा प्रतिगमकारी तत्वहरुलाई सहयोग पुगेको बताउनुभयो ।

पछिल्ला केही घटनाक्रमहरुले सत्तापक्ष भित्रैबाट पनि समृद्ध नेपाल निर्माणको आकांक्षामा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा आक्रमण भइरहेको मन्त्री गुरुङ्गको भनाइ थियो । मुलुकको स्थायित्व र समृद्ध नेपाल निर्माणका लागि सबै राजनीतिक दल एकतावद्ध हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

मन्त्री गुरुङ्गले पत्रकारिताका माध्यमबाट मुलुकको आर्थिक विकासमा सहयोग गर्न आग्रह गर्दै कोभिड–१९ सँगै ओरालो लागेको मुलुकको आर्थिक अवस्था उकास्ने गरी सत्यसथ्य समाचार प्रकाशन/प्रसारण गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.