विश्वकै दोस्रो अग्लो बन्जीजम्प र विश्वकै अग्लो स्वीङ आन्तरिक पर्यटकको रोजाईमा (भिडियो)

पर्वत- कोभिड-१९ का कारण पर्यटकले भरिभराउ हुने स्थानहरु सुनसान भएका बेला देशका केही पर्यटकीयस्थल भने आन्तरिक पर्यटकको रोजाइमा परेका छन् ।

कालीगण्डकी नदीको गहिरो खोंचमा बनेको विश्वकै दोस्रो अग्लो बन्जीजम्प र विश्वकै अग्ला पर्वतको सदरमुकाम कुश्मा र बाग्लुङको बलेवा जोड्ने आधा किलोमिटर लामो झुण्डिएको पुलमा बनेको विश्वकै अग्लो स्विङ यस्तै आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेका छन् ।

बन्जी, स्विङ तथा गुलेली शैलीको पिङ व्यावसायिक रूपमा सञ्चालनमा आएपछि मुलुकभरबाट आन्तरिक पर्यटक पर्वतमा खचाखच भरिन थालेका छन् ।

दैनिक रूपमा ५० जनाले बन्जी र स्विङ गरिरहेका छन् भने पुल, गुलेली पिङ खेल्ने तथा रिसोर्टमा आउनेको संख्या उल्लेख्य छ । कालीगण्डकीको खोंचमा झन्डै २८ करोड रुपैयाँको लगानीमा साहसिक खेलको परियोजना तयार भएको हो । गत कात्तिक १५ गतेदेखि औपचारिक रूपमा सबै साहसिक पर्यटकीय खेलहरु सञ्चालनमा ल्याएको हो ।

५ सय २५ मिटर लामो झोलुंगे पुलको बीचमा कालीगण्डकी नदीको ठीक माथि बन्जी र स्विङका लागि जम्प गर्ने प्लेटफर्म निर्माण गरिएको छ । खोलादेखि पुलको उचाइ २ सय २८ मिटर छ । हाल विश्वकै अग्लो बन्जी मकाउमा ७ सय ६४ फिट उचाइमा र दोस्रो अग्लो स्विजरल्यान्डको भरजस्का बाँधमाथि ७ सय २० फिट उचाइमा छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.