सेवा, सुविधा र संरचनामा काँचुली फेरेको धादिङ जिल्ला अस्पताल

धादिङ-  धादिङमा जिल्ला अस्पताल स्थापना भएको करिव साढे चार दशकपछि जिल्लामा विशेषज्ञ सेवासहित सघन उपचार कक्ष सञ्चालनमा आउने भएको छ ।

खासगरी, कोरोना संक्रमणको महामारी नेपालभर फैलन सुरु भएपछि पनि हजारौं धादिङका स्थानीयहरुलाई सेवा दिँदै आएको धादिङ अस्पतालमा सघन उपचार कक्ष सञ्चालनको आवाश्यता देखेर सो सेवा सुरु गर्न लागिएको हो ।

सुविधासम्पन्न उपचार कक्ष

४४ वर्षअघि धादिङ जिल्लाभरका स्थानीयहरुलाई स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यकासाथ धादिङ हेल्थ सेन्टरको नामबाट स्थापना गरिएको यो अस्पताल मुलुक संघीय संरचनामा गएपछि अहिले प्रदेशस्तरीय अस्पताल बन्दै छ ।

प्रदेश सरकार, स्थानीय निकाय र जिल्ला अस्पतालको पहलमा कोरोना महामारीकै बिचमा सघन उपचारका लागि काम सुरु गर्नुपर्ने भन्दै अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष महेन्द्र धमलाको पहलमा १० शैयाको आईसीयूसहित चार वटा भेन्टिलेटरसमेत ल्याइएको छ ।

अहिलेको अवस्थामा आठ शैयाको आइसीयू र दुई ओटा भेन्टिलेटर जडान गरी सञ्चालनको अन्तिम तयारीमा रहेको र दुई ओटा भेन्टिलेटरका सामानहरु आउने क्रममा रहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धमलाले जानकारी दिनुभयो ।

पछिल्ला समयमा बनेका नयाँ भौतिक संरचना, दक्ष प्राविधिक जनशक्ति, स्वास्थ्य क्षेत्रमा उपलब्ध नयाँ प्रविधिहरुसमेत जिल्ला अस्पतालले भित्र्याउन सफल भएको अध्यक्ष धमलाको भनाइ छ ।

त्यसो त जिल्ला अस्पताल धादिङ, जिल्लाभरको अस्पताल मात्र नभई समग्र प्रदेशकै नमुना अस्पताल भएको दावी अस्पताल ब्यवस्थापन समितिको छ ।

यस अस्पतालले बेला बेलामा हुने सवारी दुर्घटना, २०७२ सालको भुकम्पलगायत कोरोना महामारीका बिच पनि  दिनुपर्ने स्वास्थ्य सेवामा कुनै कमी कमजोरी नगरी सेवा दिएको दावी अस्पतालले गरेको छ ।

१५ शैयाको यस अस्पताल अव निकट भविष्यमा नै ५० शैयाको हुने र त्यसको लागि अस्पताल ब्यवस्थापन टिम निकै खटिरहेको भन्दै अध्यक्ष धमला जिल्लावासीले अब गुणस्तरीय स्वास्थ्य सेवाका लागि राजधानीलगाएत अन्य अस्पताल धाउन नपर्ने दावी गर्नुहुन्छ ।

अस्पतालका सेवा सुविधाका बारेमा जानकारी गराउनुहुँदै व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र धमला

 

हाल धादिङ अस्पतालले बाल रोग, प्रसुति, हाड जोर्निलगायतमा विशेषज्ञ सेवा दिँदै आएको छ ।

केहिवर्ष अघिसम्म चिकित्सकहरुको निकै अभाव रहेको धादिङ जिल्ला अस्पतालमा अहिले बिशेषज्ञसहित १५ जना भन्दा धेरै चिकित्सकहरुले दैनिक सेवा दिँदै आइरहेका छन् ।

अस्पतालको ४४औं बार्षिकोत्सव समारोहमा सहभागी अतिथीहरु

 

 

 

अस्पतालले आफ्नो स्थापनाको  ४४ वर्षगाँठ भव्यताका साथ मनाउँदा सेवा सुविधा र भावी योजनाका बारेमा स्थानीय र प्रदेश सरकार तथा सेवाग्राहीहरुलाई जानाकारी गराएको हो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.