शोक प्रस्ताव पारित गर्दै नेकपा बैठक पुस १ गतेसम्मका लागि स्थगित

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको बैठक पुस १ गतेसम्मका लागि स्थगित भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकले नेता कमानसिंह लामाको निधनमा शोक प्रस्ताव पारित गर्दै पुस १ गतेसम्मका लागि स्थगित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

पार्टीले दिवंगत नेताप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै परिवारजनमा शोक प्रस्ताव पारित गरेको छ । गत आइतबार बसेको स्थायी कमिटी बैठक एक सातापछि आज पुन: बसेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.