हाइड्रोपावरको विवादमा श्रेष्ठलाई अनावश्यक जोडियोः दाहाल

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिवंगत नेता कमानसिंह लामा र हाइड्रोपावरको विवादमा पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठलाई अनावश्यक जोडिएको बताउनुभएको छ ।

स्थायी कमिटीको आइतबार बसेको बैठकमा अध्यक्ष दाहालले श्रेष्ठविरुद्ध अनावश्यक प्रचार गरिएको भन्दै भ्रममा नपर्न आह्वान गर्नुभएको हो ।

बैठकमा अध्यक्ष दाहालले लामा र हाइड्रोपावरको विवादमा श्रेष्ठले मिलाउने भूमिका खेलेको भन्दै भ्रमपूर्ण प्रचारको भ्रममा नपर्न आग्रह गर्नुभएको हो ।

बैठकले केन्द्रीय सदस्य लामाको निधनमा शोक प्रस्ताव पारित गरेको छ । अर्को बैठक पुस १ गते बस्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.