संबैधानिक परिषदको बैठकमा सभामुख अनुपस्थित
![](https://nepaltvonline.com/wp-content/uploads/2020/12/Sambaidhanik-pareshad_baithak1.jpg)
काठमाडौं- संबैधानिक परिषदको बैठक केहीबेर बसेर सकिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसैको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता शेरवहादुर देउवाको उपस्थिति रहेपनि सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित रहनुभएको परिषद बैठकको फोटो सार्वजनिक गर्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ट्वीटरमा जनाउनु भएको छ ।
बैठकमा प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबरा, विपक्षी दलका नेता शेरवहादुर देउवा, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिना सहभागी हुनुहुन्थ्यो ।
यद्यपी परिषदको बैठकको गणपुरक संख्या पुग्न प्रधानमन्त्रीबाहेक चार सदस्य उपस्थित हुनुपर्ने कानुनी व्यवस्था छ ।।
प्रतिक्रिया राख्नुहोस्