संवैधानिक परिषद् अध्यादेश राजपत्रमा प्रकाशित, के–के भयो परिवर्तन ? (पूर्णपाठसहित)

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गर्नुभएको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकारी र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७७ राजपत्रमा प्रकाशित भएको छ ।

संविधानको धारा, ११४ को उपधारा (१) बमोजिम जारी गरिएको अध्यादेश मंगलबार नै राजपत्रमा प्रकाशित भएको छ ।

अध्यादेशमा उपदफा (३)मा रहेको अध्यक्ष र कम्तीमा चारजना अन्य सदस्यहरु उपस्थित भएमा परिषद्को बैठकको लागि गणपूरक सङ्ख्या पुगेको मानिने भन्ने ठाउँमा अध्यक्षसहित तत्काल बहाल रहेका बहुमत सदस्य उपस्थित भएमा परिषदको बैठकको लागि गणपूरक संख्या पुगेको मानिने उल्लेख छ ।

उपदफा (५)मा बैठकमा पेश भएको प्रत्येक विषयको निर्णय सर्वसम्मतिको आधारमा हुनेछ भन्ने सट्टा सर्वसम्मति कायम हुन नसकेमा अध्यक्षसहित तत्काल बहाल रहेका सदस्यको बहुमतबाट निर्णय हुन सक्नेछ उल्लेख गरिएको छ । उपदफा (६) र (७) भने झिकिएको छ ।

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.