रत्ननगर उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा गिरी निर्वाचित

चितवन- रत्ननगर उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा शंकर गिरी निर्वाचित हुनुभएको छ । नेकपा प्यानलबाट अध्यक्षको उम्मेदवार रहनुभएका गिरीले कांग्रेस प्यानलका देवेन्द्र कुमार श्रेष्ठलाई ५९ मतले पराजित गर्नुभएको हो ।

हिजो सम्पन्न मतगणनामा गिरीले ६०४ ल्याउँदा उहाँका प्रतिद्धन्दी श्रेष्ठले ५४५ मत प्राप्त गरेको निर्वाचन अधिकृत रामकृष्ण अधिकारीले जानकारी दिनुभयो । अन्य पदाधिकारीमा पनि नेकपा प्यानलको बर्चश्व रहेको छ ।

२१ औं साधारणसभा तथा नवौं अधिवेशनमा भएको निर्वाचनमा १ हजार ३२५ मतदाता रहेकोमा सोमबार भएको निर्वाचनमा १ हजार १९१ मत खसेको थियो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.