५५५५ जनाको पीसीआर परीक्षण गर्दा ७३६ जनामा कोरोना संक्रमण

काठमाडौं– नेपालमा आज थप ७३६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ५५५५ जनाको पीसीआर परीक्षणमा ७३६ जनामा संक्रमण पुष्टि भएको हो ।

गत २४ घण्टामा ८४७ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख ३९ हजार ४ सय १६ जना छन् । नेपालमा निको हुने दर ९५ दशमलव ४ प्रतिशत रहेको छ ।

कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या १७४३ रहेको छ ।

गत २४ घण्टामा काठमाडौं उपत्यकामा ४३८ जना संक्रमित भएका छन् । तीमध्ये काठमाडौंमा २९४, भक्तपुरमा २० र ललितपुरमा ७७ जना संक्रमित थपिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.