योजनाबद्ध विकासलाई जोड दिइएको छ : मन्त्री श्रेष्ठ
काठमाडौं- शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले सरकार योजनाबद्ध विकासमा लागेको दावी गर्नु भएको छ ।
शहरी विकास मन्त्रीको कार्यभार समालेको दुइमहिनामा सम्पन्न काम र आगमी दुइमहिनाभित्र गरिने कामका वारेमा जानकारी गराउन मन्त्रालयमा आयोजितत पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले सबैलाइ समेटेदै राजनीती स्वार्थ भन्दा माथि उठेर विकास निर्माणलाइ तिव्रता दिने वताउनु भयो ।
मन्त्री श्रेष्ठले मन्त्रालय अन्तरगत गोदावरीमा निर्माणाधिन ३ हजार सिट क्षमताको सभाहल माघ मसान्तमा सम्पन्न गरी सञ्चालनमा ल्याइने जानकारी गराउनु भयो ।
शहरी विकास मन्त्रालयले २ महिनामा सम्पन्न गरेका काम र आगामी २ महिनामा सम्मपन्न गरिने कामहरुको विवरण सार्वजनिक गरेको छ ।
मन्त्रालयले फोहोर व्यवस्थापनका लागि बञ्चरेडाँडाको ल्याण्डफिल्ड साइटको पहिलो सेल अन्तिमचरणमा रहेको र दोस्रोसेलको निर्माणले तिव्र गति लिएको जनाएको छ ।
त्यसैगरी सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत ३ हजार २ सय ५५ वटा घरको फुसको छाना विस्थापन गरी जस्ताले छाउने काम सम्पन्न गरेको उल्लेख गरेको छ ।
प्रधानमन्त्री निवास परिसरमा एमआइ १७ हेलीकोप्टर अवतरण गर्न सक्ने हेलीप्याड निर्माण गरी सञ्चालनमा ल्याएको पनि मन्त्रालयको विवरणमा छ ।
मन्त्रालयले आगमी एक महिना भित्र बिजुलीबजार पुल मुनीको अण्डरपास सञ्चलनमा ल्याउने कार्ययोजना पनी प्रस्तुत गरेको छ ।-
प्रतिक्रिया राख्नुहोस्