‘लक्षण नदेखिएका सङ्क्रमित १० दिनमात्रै आइसोलेसनमा बसे हुन्छ’

काठमाडौं– अबदेखि कोरोना सङ्क्रमित भएमा र लक्षण नदेखिएमा १० दिन मात्र आइसोलेसनमा बसे पुग्न भएको छ । लक्षण नदेखिएका सङ्क्रमितबाट १० दिन पछि कोरोना नसर्ने भएकाले १४ दिनको सट्टा आइसोलेसन अवधि १० दिनमा झारिएको स्वास्थय तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अब देखि कोरोना पोजेटिभको रिपोर्ट आएको मितिले दश दिन मात्र आईसोलेसनमा बस्नु पर्ने निर्णय गरेको छ । लक्षण नभएका र गम्भीर अवस्थाका कोरोना सङ्क्रमितहरु दश दिन मात्र आईसोलेसनमा बस्नु पर्ने चिकित्सकहरुको सल्लाह बमोजिक निर्णय गरिएको सह प्रवक्ता समीर अधिकारीले बताउनु भएको । तर लक्षण भएका र गम्भीर प्रकृतिका कोरोना सङ्क्रमितहरु सन्चो भएपछि मात्र बाहिर निसक्न मिल्ने उहाले जानकारी दिनुभयो । यस्तै अन्तराष्ट्रिय सीमा नाका तथा हवाई उडान सुचारु भएसँगै मन्त्रालयले नेपाल प्रवेश गर्नेले अनिवार्य दश दिन क्वारेनटिनमा बस्नु पर्ने निर्णय पनि गरेको छ । साथै संक्रमितको सम्पर्कमा आएका व्यक्ति पनि अनिवार्य १० दिन क्वारेनटसनमा बस्नु पर्ने छ । साथै मन्त्रालयले कोही व्यक्ति सङ्क्रमित भएमा अनिवार्य १० दिन आइसोलेसनमा बस्ने र बसाउने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

यसैबीच पछिल्लो २४ घण्टामा नेपालभरि ७७६ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ६ हजार ५८८ जनाको पीसीआर परीक्षण गर्दा ३०८ महिला र ४६८ पुरुष सङ्क्रमित भेटिएका हुन्। अहिले देशभर ९ हजार ५सय ८० जना सक्रिय सङ्क्रमित छन् ।

२४ घण्टामा ६ जनाको कोभिड(१९ का कारण मृत्यु भएको सरकारको तथ्याङ्कमा उल्लेख छ । मन्त्रालयका अनुसार अहिलेसम्म देशभरि १७ सय ४९ सङ्क्रमितको मृत्यु भएको छ। काठमाडौं उपत्यकाका तीन जिल्लामा धेरै सङ्क्रमित फेला पर्ने क्रम अझै जारी छ। पछिल्लो तथ्याङ्क अनुसार काठमाण्डौ उपत्यकामा ३६३ जना सङ्क्रमित थपिएका छन् । जसमध्ये २७३ जना काठमाडौमा ४९ जना ललितपुर र ४१ जना भक्तपुरमा सङ्क्रमित थपिएका हुन् ।

हाल नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या दुई लाख ५१ हजार ६०० नाघेको छ।

पछिल्लो २४ घण्टामा ९ सय ४७ जना कोरोनामुक्त भएका छन् । अहिलेसम्म कुल दुई लाख ४० हजार ३६३ सङ्क्रमित निको भएको सरकारी तथ्याङ्क छ। हाल नेपालमा सङ्क्रमण मुक्त हुने दर ९७।५ प्रतिशत छ। हाल आईसी यु मा २८१ र भेन्टिलेटरमा ५९ जना उपचाररत रहका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.