नेपाल टेलिभिजनकर्मी केसीको निधन
काठमाडौं- नेपाल टेलिभिजनका पर्वत संवाददाता महेन्द्र केसीको निधन भएको छ ।
३० वर्षीय केसी सुरुमा सर्पको टोकाइबाट बिरामी परी केही दिनअघि कोरोना संक्रमितसमेत हुनुभएको थियो । कोरोना संक्रमण हुनुअघि सर्पको टोकाइका कारण परेको असरले मृगौला डायलसिस समेत गराउनुभएको थियो ।
शिक्षण अस्पताल महाराजगन्जमा केहीदिन अघिदेखि भेन्टिलेटरमा रहेर उपचार गराइरहनुभएका केसीको बिहीबार निधन भएको हो ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रतिनिधि सभाका सांसद पदम गिरी तथा नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्ट, नेपाल टेलिभिजन सञ्चालक समिति सदस्य तथा समाचार निर्देशक मनोहरि थापालगायतले अस्पतालमै पुगेर स्वर्गीय केसीको परिवारलाई सान्त्वना दिनुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्