किर्ते नामसारी गरेको अभियोगमा निमित्त कार्यालय प्रमुखसहित ५ जना थुनामा

पर्सा- भूमिसुधार तथा मालपोत कार्यालय पर्साका निमित्त कार्यालय प्रमुख सुमन झासहित ५ जनालाई पर्सा जिल्ला अदालतले पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर ५ मेनरोडस्थित करोडौं मूल्यको जग्गा किर्ते नामसारी गरेको अभियोगमा पक्राउ परेका उनिहरुलाई पूर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालतले आदेश जारी गरेको हो ।

पर्सा जिल्ला अदालतका न्यायाधीश हरिकृष्ण श्रेष्ठले किर्ते जग्गा नामसारी प्रकरणमा पक्राउ परेका मालपोत प्रमुख झा, नायब सुब्बा श्रीनारायणप्रसाद साह, किर्ते जग्गा प्रकरणका मुख्य अभियुक्त केवल प्रताप राणा, जग्गा कारोबारी विश्वास तिवारी र लेखनदास प्रमेश साह कानूलाई पूर्पक्षको लागि थुनामा राख्ने आदेश दिएका हुन् ।

यही मुद्दामा पक्राउ परेका लेखनदास अमर साह कानूलाई रु १ लाख धरौटीमा रिहा भएका जिल्ला अदालत पर्साले जनाएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.