अफगानिस्तान घजानीमा बम विष्फोटः १५ बालबालिकाको मृत्यु

पूर्वी अफगानिस्तानको घजानी राज्यमा बम विष्फोट हुँदा १५ जना बालबालिकाको मृत्यु हुनुका साथै अन्य थप २० जना घाइते भएका छन् ।

विष्फोटको कारण स्पष्ट हुन सकेको छैन । अधिकारीहरुले रिक्साको पछाडि राखिएको अवस्थामा बम विष्फोट भएको बताएका छन् । तर स्थानीयहरुका अनुसार बेवारिसे अवस्थामा भेटिएको विष्फोट हुनु अघिको बमलाई बालबालिकाले अन्य वस्तु सोचेर पसलमा विक्री गर्न खोज्दा उडेर विष्फोट भएको हो ।

स्थानीय समय अनुसार विष्फोट दिउँसो २ बजे भएको हो । घटनास्थल नजिकैको घरमा कुरान पढिरहेको अवस्थामा विष्फोट भएको जनाइएको छ । तालिवान आतंकवादी समूहले विष्फोट दुर्घटनावस भएको बताएका छन् ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.