स्थायी समितिको बैठक बस्छ : प्रवक्ता श्रेष्ठ
काठमाडौं- नेपाल कम्युनिष्ट पार्टीको स्थायी समितिको बैठक आज बस्दैछ ।
पूर्व निर्धारित भएपनि मन्त्रीपरिषदले संसद विघटन गर्न राष्ट्रपति समक्ष सिफारिश गरेपछि बैठक बस्ने वा नवस्ने भन्ने बारेमा अन्यौल भएको थियो ।
तर निर्धारित समय मै बैठक बस्ने र सरकारको संसद विघटन गर्ने सिफारिशका बारेमा छलफल हुने पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
नेपालटीभी अनलाइनसँग संक्षिप्त कुराकानी गर्दै प्रवक्ता श्रेष्ठले पार्टीको स्थायी समितिको बैठक अघिल्लो बैठकको निरन्तरता भएको तर एजेण्डा भने नयाँ अर्थात सरकारको संसद विघटनको शिफारिस नै मुख्य एजेण्डा हुने जानकारी दिनुभयो ।
नेकपामा पछिल्लो समय देखिएको विवाद सचिवालयले सल्ट्याउन नसकेपछि स्थायी समितिमा पार्टी भित्रको विवाद समाधानका बारेमा छफफल अघि बढेको थियो ।
तर प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीचको आरोप-प्रत्यारोप पत्रका बारेमा स्थायी समितिले के गर्ने भन्ने निधो नगर्दै प्रधानमन्त्री ओलीले संसद विघटन गर्न राष्ट्रपति समक्ष शिफारिस गर्नुभएपछि नेकपाको विवाद उत्कर्षमा पुगेको छ ।
प्रतिक्रिया राख्नुहोस्