संसद विघटनपछि दलहरुको आन्तरिक छलफल बाक्लिँदै
काठमाडौं- नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विघटित प्रतिनिधिसभाका सदस्य तथा नेकपाका नेताहरुहरूसँग छलफल गर्नुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रतिनिधिसभा विघटनपछिको समग्र अवस्थाका बारेमा प्रधानमन्त्रीले नेता तथा निवर्तमान सांसदहरुसँग परामर्श गर्नुभएको हो ।
छलफलमा विघटित प्रतिनिधिसभाका सदस्य तथा नेकपाका नेताहरुको उपस्थिति रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ट्विटरमार्फत सार्वजनिक गर्नुभएको छ ।
प्रतिनिधिसभा विघटन भएपछि राजनीतिक तहमा छलफल र परामर्श तीव्र भएको छ ।
यसैबीच नेपाली काँग्रेसले पनि आजै सर्वदलीय बैठकको आयोजना गर्दैछ ।
यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि पछिल्लो अवस्थाका बारेमा छलफल गर्न आजै केन्द्रिय कार्य सम्पादन समितिको बैठक डाकेको छ ।।
प्रतिक्रिया राख्नुहोस्