कल्लेरीका स्थानीयको घरघरमा धारा

धादिङ- पिउने पानीकै लागि  त्रिशुली नदी धाउनुपर्ने बाध्यतामा रहेका  कल्लेरीस्थित बेलिनटारका स्थानीयहरु अब भने समस्याबाट मुक्त भएका छन् ।

सरकारले एक घर एक धाराको अवधारण ल्याएपछि गाँउमा भएका सबैको घर घरमा नै स्वच्छ पिउने पानीको ब्यवस्था भएको छ ।

जस्का कारण त्यहाँका स्थानीयहरु अहिले पिउने पानीको समस्याबाट मुक्त भएका छन ।

अब पानीको लागि निकै टाढा टाढा खोला र खोल्सी धाउनुपर्ने बाध्यताको पनि अन्त्य भएको भन्दै स्थानीयहरु  खुसी भएका छन् ।

धारा घरमा नै ब्यवस्था भएपछि खेर गएको पानी  करेशाबारीमा लगाउन सजिलो भएको स्थानीयहरु बताउँछन ।
स्वास्थ्य र सरसफाइका लागि त पक्के फाइदा पुग्ने नै भयो ।

राजमार्गबाट निकै नजिक देखिने अत्यन्त सुगम जस्तो ठाँउ भएको भएपनि पानीका कारण निकै दुख भएकोले गर्दा त्यहाँका स्थानीयहरुले निकै समस्या भोग्दै आएका थिए ।

एक गाग्री पानी लिन कि त त्रिशुली नदी कि भने नजिकैको  खोल्सा खोल्सीमा जमेको फोहर पानी घण्टौं लगाएर ल्याउनुपर्थ्यो ।

अब पानी लिन जाने समयमा अन्य आयमुलक काम गर्न सकिने पनि स्थानीयहरुको भनाइ छ ।

गल्छी गाँउपालिकामा पर्ने कल्लेरीका स्थानीयहरुको  घर घरमा  स्वच्छ पिउने पानीको धारा ल्याउनका लागि स्थानीय तहको दश लाख र गाँउलेहरुको श्रमदानसँगै गैर सरकारी संस्थाहरुले  एक करोड त्रिचालिस लाख खर्च भएको छ ।

दुई किलोमिटर टाढाको मुलबाट गाँउभरि प्रत्येक घरमा धारोका लागि पाँच ओटा ट्याङ्की निर्माण गरी एक सय छपन्न घरहरुमा चौविसै घण्टा पानीको ब्यवस्था गरिएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.