कोरोना संक्रमितको संख्या बढ्यो
काठमाडौं– देशको हरेक क्षेत्र चालयमान भएसँगै कोरोना संक्रमितको संख्या पनि बढ्दै गइरहेको छ ।
बढ्दो संक्रमणको जोखिमवाट जोगिन स्वास्थ्य सावधानी अपनाउन विज्ञहरुले सचेत गराएका छन् । पछिल्लो समय स्वास्थ्य सावधानी अपनाउने क्रम घटेकोले संक्रमणको जोखिम पनि बढिरहेको विज्ञहरुले औंल्याएका छन् ।
सार्वजनिक भएको पछिल्लो तथ्याङ्क अनुसार नेपालमा थप ७ सय ४२ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने थप ७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ७९ जना संक्रमणमुक्त भएका छन् ।
अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७९५ पुगेको छ ।
प्रतिक्रिया राख्नुहोस्