संसद विघटनबारे कांग्रेसले सुरु गर्यो छलफल
काठमाडौं– नेपाली कांग्रेसले संसद विघटनबारे छलफल सुरु गरेको छ ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंगलबार सभापति शेरबहादुर देउवाको सभापतित्वमा केन्द्रीय कार्यालय सानेपामा बसेको छ ।
बैठकमा सभापति देउवाले सोमबार भएको सर्वदलीय बैठकको जानकारी गराउँदै बैठकको विषय प्रवेश गराउनु भएको थियो । बैठकमा नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्यहरु महेश आचार्य, डा. नारायण खड्का र एनपी साउदले आ-आफ्नो धारणा राख्नु भएको थियो ।
केन्द्रीय कार्यसमितिको बैठक पुस ८ गते बुधबार दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्नेछ ।
समाजवादी पार्टीको विरोध
जनता समाजवादी पार्टी नेपालले प्रधानमन्त्रीले चाल्नु भएको कदमको विरोध गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्रीले संसद बिधटन गरेको प्रति आपत्ति जनाउदै जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्य समितिको आज बसेको बैठकमा पार्टीका अध्यक्ष उपेन्द्र यादवले बिरोधका कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।
नेताहरुको राय सुझाव संकलन गर्दै प्रधानमन्त्रीको कदमप्रति कानूनी उपचार, सडक आन्दोलन र संसदका प्रतिनिधिमार्फत विभिन्न तरिकाले विरोध गर्ने निर्णय भएको जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र श्रेष्ठले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्