संरक्षणको पर्खाइमा खुडेपोखरी

कास्की- पोखरा महानगरपालिका–५, प्रस्र्याङस्थित खुडेपोखरी संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ ।

यो पोखरीको रेखदेखमा कुनैपनि निकायको ध्यान पुग्न सकेको छैन। जसका कारण दिनदिनै पोखरी प्रदूषित हुने क्रम बढ्दो छ ।

 त्यसकासाथै पोखरीमा प्रस्र्याङ चोक क्षेत्रतर्फबाट ढलसमेत मिसाइएको छ ।

त्यस्तै रातको समयमा वा लुकीछिपी फोहोर फाल्ने स्थलका रुपमा समेत पोखरी प्रयोग हुँदै आएको छ ।

पोखरीको क्षेत्रफल कायम गर्न कतिपय सिमानाका जग्गावालाहरुसमेत तगारो बन्दै आएका छन्।

कतिपय भूमाफियाले पोखरी कब्जा गर्न खोजेको स्थानीय चन्द्रबहादुर नेपालीले बताउनुभयो।

सार्वजनिक पोखरी मालपोतको मिलेमतोमा सकभर दर्ता नै गरेर कब्जा गर्ने प्रयास भइरहेको पनि उहाँले जनाउनुभयो।

यता वडा अध्यक्ष एवम् पोखरा महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपालीले पोखरी सार्वजनिक सम्पती भएको भन्दै कुनैपनि हालतमा व्यक्तिको नाममा जान नदिने बताउनुहुन्छ ।

“पोखरीमा फोहोर भएको साँचो हो, अव हामी त्यस्तो हुन दिदैनै”- उहाँले भन्नुभएको छ । खुडेपोखरी करिव १० रोपनी क्षेत्रफलमा फैलिएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.