राष्ट्रपतिद्वारा अख्तियारको प्रशंसा
काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले सुशासन प्रवर्धन र भ्रष्टाचार नियन्त्रणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्नुभएको छ । राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित एक कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३० औं वार्षिक प्रतिवेदन बुझ्ने क्रममा राष्ट्रपति भण्डारीले यस्तो भनाइ राख्नुभएको हो ।
अयोगको सक्रियतामा भ्रष्टाचार नियन्त्रणमा नेपालले उल्लेख्य सफलता हात पार्न सफल भएको पनि राष्ट्रपतिले बताउनुभयो । देशमा सुशासन स्थापित गर्न आयोगको एक्लो प्रयासले मात्र सम्भव नहुने उल्लेख गर्नुहुँदै राष्ट्रपति भण्डारीले सबै क्षेत्रको सहयोगबाट मात्र भ्रष्टाचार नियन्त्रण सम्भव रहेको बताउनुभयो ।
आयोगको ३० औं वार्षिक प्रतिवेदन बुझाउँदै आयोगका कार्यवाहक प्रमुख आयुक्त डा गणेशराज जोशीले पछिल्लो एक वर्षमा आयोगले प्राप्त गरेको सफलताका बारेमा जानकारी गराउनुभएको थियो । प्रमुख आयुक्त जोशीले आयोगको तर्फबाट ७२ बुँदे सुझाव सहितको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश गर्नुभएको हो।
प्रतिक्रिया राख्नुहोस्