रोल्पामा बालविवाह नियन्त्रण चुनौतिपुर्ण बन्दै (भिडियो रिपोर्ट)
रोल्पा- नेपालको कानुनले बालविबाहलाई दण्डित गरेको भएपनि रोल्पामा भने अझै बालविबाह कायमै रहेको छ । जिल्लाका दुर्गम गाउँहरुमा जनचेतनाको कमी र अशिक्षाका कारण बालविबाह चुनौति बन्दै गएको छ ।
जिल्लाको लुङ्ग्रीगाउँपालिकाको एउटा वडामा मात्रै लकडाउनयता २३ वटा बालविबाह भएको थियो । जसमध्ये किशोरी समूहहरुको सक्रियतामा वडा कार्यालयले २० वटा विबाह बदर गरेको छ भने बाँकी ३ वटा भने बदर हुन सकेको छैन् ।
गाउँमा ब्याप्त रहेको बालविबाह उन्मुलनका लागि गाउँमा गठित अनन्त सम्वाद सञ्चालका किशोरीहरुले विभिन्न जनचेतना फैलाउने काम गरिरहेका छन् ।
किशोरी समूहहरुले रोक्न नसकेका बालविबाहलाई वडा कार्यालयले बदर गर्न थालेपछि विस्तारै बालविबाह गर्ने क्रम घट्न थालेको लुङ्ग्री गाउँपालिका-१ दाइबाङका वडाध्यक्ष मतिपुनको भनाई छ ।
लकडाउन यतामात्र लुङ्ग्री गाउँपालिका–१ पाङमा २३ वटा बालविबाह भएको वडा कार्यालयमा जानकारी आएपछि २० वटा विबाह बदर गरी बालबालिकालाई पुनःविद्यालय भर्ना गरिएको वडा कार्यालयले जनाएको छ ।
प्यूठानसँग सिमा जोडिएको यस गाउँमा यहाँबाट प्युठान र प्यूठानबाट यहाँ गोठघर आउने-जाने गर्दा बालविबाह हुने समस्या रहेको छ ।-
प्रतिक्रिया राख्नुहोस्