प्रतिनिधि सभा विघटन विरुद्धका रिटहरुमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहश शुरु
काठमाडौं- प्रतिनिधिसभा विघटनविरुद्धको मुद्धाको सुनुवाइ सुरु भएको छ ।
मुद्दा उपर प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा नेतृत्वको संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको हो ।
५ सदस्यीय गठित इजलासमा प्रधानन्यायाधीश जबराका अलावा न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी छन् ।
सर्बोच्च अदालतमा परेका रिटहरुको प्रारम्भिक सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराकै एकल इजलासले यसअघि सबै रिटलाई संवैधानिक इजलासमा सुनुवाइ गर्ने निर्णय सुनाएको थियो ।
संवैधानिक इजलासमा दर्ता भइसकेको १ सहित १३ वटै रिटहरुको बहस इजलासमा हुने छ ।।
प्रतिक्रिया राख्नुहोस्