बेलायतकोजस्तै कोरोनाको पहिलो केस फ्रान्समा पनि
पेरिस– बेलायतमा फेला परेको नयाँ संस्करणको थप संक्रामक कोरोना भाइरसको पहिलो केस फ्रान्समा पनि भेटिएको अधिकारीहरुले पुष्टि गरेका छन् ।
फ्रान्सको स्वास्थ्य मन्त्रालयले नयाँ प्रकारको संक्रमण पुष्टि भएका व्यक्ति गत डिसेम्बर १९ मा लण्डनबाट फ्रान्स आएको जनाएको छ । संक्रमित व्यक्ति लक्षण विहिन रहेको र हालै सेल्फ आइसोलेसनमा रहेको पनि बताइएको छ ।
बेलायतमा कोरोना भाइरसको नयाँ संस्करण देखिएपछि दर्जनौं मुलुकहरुले यात्रा प्रतिबन्ध गरेका थिए ।
प्रतिक्रिया राख्नुहोस्