मुगु-हुम्ला जोड्ने ६७ किलोमिटर सडकमध्ये २६ किलोमिटर सडक हस्तान्तरण (भिडियो)

मुगु- मुगु-हुम्ला जोड्ने ६७ किलोमिटर सडकमध्ये निर्माण कार्य पुरा भएको २६ किलोमिटर सडक पूर्वाधार कार्यालय मुगुलाइ हस्तान्तरण गरिएको छ ।

मुगु जिल्लाको छायानाथ रारा नगरपालिका वडा नं. २ स्थित जिरो प्वाइन्ट देखि १४ नं. वडाको दर्के खोलासम्मको सडक पुरा भएकाले सडक हस्तान्तरण गरिएको हो ।

वेलायत सरकारको आर्थिक सहयोगमा सञ्चालित ग्रामिण पहुँच कार्यक्रमको समान सहभागिता समान ज्यालाको मापडण्डका कारण विशेष गरि यहाँका महिलाहरु बढी लाभान्वित भएको देखिन्छ ।

पर्यावरण जोगाउन सकेसम्म हाते औजार प्रयोग गरेर स्थानियवासीकै सहभागितामा सडक निर्माण गरिने भएपनि कठिन ठाँउहरुमा आधुनिक मेसिन प्रयोग गर्ने गरिएको छ ।

निर्माण सम्पन्न सडकमा २ वटा जीप ओहोरदोहोर गर्ने गरेकाले छायानाथ रारा नगरपालिकाका १३ र १४ वडाका रुगा, लुम, बाम र दर्के लगाएतका आधा दर्जन वस्तिका स्थानिय वासिन्दालार्इ सहज भएको छ ।

कर्णाली नदिमा पक्की पुल निर्माणका साथै सडक थप स्तरोन्नती गरिदिन सम्बन्धित पक्षसँग स्थानियवासीको माग रहेको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.