प्रदेश १ का १ जना मन्त्री र २ जना राज्यमन्त्रीको राजिनामा

मोरङ-  प्रदेश १ सरकारका १ जना मन्त्री र २ राज्यमन्त्रीहरुले राजिनामा दिएका छन् ।

प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्य मन्त्री जसमायाँ गजमेर र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजय विश्वासले मुख्यमन्त्री समक्ष राजिनामा दिनुभएको हो ।

उहाँहरु सबै जना नेकपा प्रचण्ड- माधव नेपाल समूहसँग आबद्ध हुनुहुन्छ ।

शनिवार प्रदेश १ का मुख्यमन्त्री शेरधन राई आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोलाई अविश्वास प्रस्तावको हस्ताक्षर अभियान संचालन गरेको भन्दै बर्खास्त गर्नुभएको थियो ।

नेकपा प्रचण्ड- माधव नेपाल समूहले आइतवार मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेश सभा भवनमा अविश्वास प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.