विकासका लागि एमसीसी आवश्यक- मन्त्री रायमाझी
काठमाडौं- नवनियुक्त उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री टोपबहादुर रायमाझीले मुलुकलाई अराजकतातर्फ जान नदिने प्रतिवद्दता व्यक्त गर्नुभएको छ ।
मुलुक विषम परिस्थितिमा रहेका बेला आँफूले जिम्मेवारी सम्हालेको बताउँदै नवनियुक्त मन्त्री रायमाझीले संसद विघटन भएपछि निर्वाचनमा मुलुक गइरहेका बेला निर्वाचन र मन्त्रालयको नियमित काम दुबै आफ्नो प्राथमिकतामा रहेको छ भन्नुभयो ।
उर्जा क्षेत्रमा ठूलो सम्भावना रहेको भएपनि पूर्वाधार विकास गर्न नसक्दा यसबाट लाभ लिन नसकिएको उहाँको भनाइ छ ।
साथै उर्जा क्षेत्रको प्रबर्द्धन र विकासका लागि एमसीसीको लगानी आवश्यक रहेको उल्लेख गर्दै एमसीसीमा अनावश्यक विरोध भएको भनाइ मन्त्री रायमाझीको थियो ।
मन्त्री रायमाझीले आज विहान मन्त्रालयमा पदबहाली गर्नुभएको छ ।
तत्कालिन मन्त्री बर्षमान पुनले राजीनामा दिनु भएपछि रिक्त मन्त्रालयको जिम्मेवारी रायमाझीले पाउनु भएको हो ।।
प्रतिक्रिया राख्नुहोस्