हात्ती आक्रमणबाट एक जनाको मृत्यु

सुनसरी- कोशीटप्पु वन्यजन्तु आरक्षबाट निस्किएको जङ्गली हात्तीले आक्रमण गर्दा सुनसरीमा एकजनाको ज्यान गएको छ ।

आरक्षबाट निस्केर आएको हात्तीको आक्रमणबाट कोशी गाउँपालिका-५ बस्ने मोती यादवको मृत्यु भएको स्थानीयले जानकारी गराएका छन् ।

आरक्षका कर्मचारी र स्थानीय प्रहरी घटनास्थलमा पुगेका छन् ।

दुई साता अघि यही गाउँपालिकामा एक जना युवकको हात्ती अक्रमणका कारण मृत्यु भएको थियो ।

हात्तीले बारम्बार मानवीय क्षति पुर्‍याए पनि सरकारले यस वारेमा गम्भिर नभएको भन्दै स्थानीयले अहिले इनरुवा भण्टावारी सडक खण्डको नहर चौकमा यातायात अवरुद्ध गरेका छन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.