पहिरो रोक्न लगाएको अम्रिसोले आम्दानी दिन थालेपछि दंग छन किसान

धादिङ- ग्रामिण सडक निर्माणका क्रममा भूक्षय नियन्त्रणका लागि रोपिएको अम्रिसो दक्षिणी धादिङका विपन्न बर्गका मानिसहरुलाई आम्दानीको राम्रो श्रोत बनेको छ ।

सडक छेउछाउमा रोपिएको अम्रिसो फुल्न थालेपछि त्यसको कुचो विक्रिबाट उनिहरुले आम्दानी गर्न थालेका हुन् ।

वर्षाका कारण नयाँ सडकहरुमा पहिरो जाने र माटो बगाउने समस्या आउन थालेपछि दक्षिणी धादिङस्थित दोभानखर्कका स्थानीयहरुले आँफैले अम्रिसो रोपेको थिए ।

अहिले त त्यसले आम्दानीसमेत दिन थालेको भन्दै अम्रिसोको ब्यापारमा स्थानीय लागेका छन ।

अम्रिसो  कुचोको रुपमा निकै प्रयोग हुने र माग पनि बढ्न थालेपछि खेर जाने गरेको अम्रिसोको फुल प्रयोगमा ल्याउन थालिएको उनीहरु बताउँछन।

त्यसो त पशुपालनमा पनि यसले निकै सहयोग पुगेको छ ।
घाँस निकै पोषिलो हुने भएकोले बाख्रापालक किसानहरुलाई अम्रिसोबाट दोहोरो फाइदा पुगेको छ ।

ग्रामिण सडकको डिलमा र खेर गएको भिरालो जमिनमा अम्रिसो राम्रोसँग फस्टाएको छ ।
दुईवर्ष  अघिदेखि आम्दानी लिन थालेका यस क्षेत्रमा स्थानीयले अम्रिसोलाई नगदे बाली जस्तै भएको बताउँछन ।

आम्रिसोको कुचो बनाई प्रति गोटा पचास रुपैँयामा घरबाटै विक्रि हुने गरेको स्थानीय बताउँछन ।

अम्रिसोबाट पचास हजारदेखि एक लाखसम्म बार्षिक आम्दानी गर्ने गरेको स्थानीयहरुको अनुभव छ ।

रोपेपछि आम्दानी लिन त्यती धेरै मिहिनेत गर्नु नपर्ने र बहुपक्षीय फाइदा हुने अम्रिसो खेतीतर्फ किसानको पनि आकर्षण बढ्दै गएको छ।

गजुरी गाउँपालिकाको विकट मानिने दोभावखर्क,बाङ्गे पाखुरेका स्थानीयहरुले अहिले अम्रिसोलाई आम्दानीको श्रोत बनाई ब्यवसायिक खेती गर्न थालेका छन ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.