दुना, टपरीको महत्त्वलाई जोगाउन दोलखाका महिला अग्रसर (भिडियो रिपोर्ट)

दोलखा- हिन्दु धर्म संस्कृतीमा महत्वपूर्ण मानिने दुना, टपरीको महत्वलाई जोगाई राख्न भिमेश्वर नगरपालिका वडा नम्बर ४ र ५ का महिलाहरु अग्रसर भएका छन ।

हिन्दु धर्ममा जन्मदेखी मृत्युसम्म आवश्यक पर्ने दुना, टपरीको प्रयोग आधुनिक सामग्रीले विस्थापित गराउँदै लगेपछि यसको संरक्षण गर्न महिलाहरु एकजुट भएका हुन ।

बुढापाकाहरुले सालको पातबाट दुना, टपरी बुन्दै आएपनि युवापुस्ताले यसलाई प्रयोग गर्न छोडेको भन्दै भिमेश्वर नगरपालिकाले यसको संरक्षणको लागी तालिम आयोजना गरेको हो ।

करिब ४० जना महिलाहरुले ४ कुने, ५ कुने , ११ दिनको काम, वरणीको, ग्रहदशा मन्छिने र सबै प्रकारको पुजाको लागी प्रयोग हुने दुना र टपरी बुन्न सिकेका हुन ।

युवापुस्ताका युवतीहरुलाई दुना, टपरी गास्ने कलाको संरक्षण र सम्वद्धन गर्ने उदेश्यले तालिमको आयोजना गरेको भिमेश्वर नगरपालिकाका उपमेयर कमला बस्नेतले बताउनुभयो ।

हराउँदै गएको दुना, टपरी गास्ने प्रचलनलाई नयाँ पुस्तामा स्थापित गराउनको लागी तालिमको सहजीकरण गरिएको भिमेश्वर पुजा सामग्री उत्पादन उद्योगका सञ्चालक सुस्मा दाहालले बताउनुभयो ।

बुनेका दुना, टपरी विक्री वितरणको लागी प्रति टपरी १० मा खरिद गरिने पुजा सामग्रका सञ्चालक दाहालको भनाई छ ।-

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.