नयाँ वर्षलाई “उपचारात्मक वर्ष” बनाउन राष्ट्रसंघको आह्वान

संयुक्त राष्ट्रसंघ : कोरोनाभाइरसका कारण सङ्कटग्रस्त मुलुकहरुलाई नयाँ वर्ष सन् २०२१ लाई उपचारात्मक वर्ष बनाउन संयुक्त राष्ट्रसंघले आह्वान गरेको छ ।

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले विश्वका सबै समुदायलाई उपचारात्मक वर्षको रुपमा सन् २०२१ लाई मनाउन भिडियो सन्देश मार्फत् आह्वान गर्नुभएको हो ।

नयाँ बर्षको अवसरमा शुभकामना सन्देश सहितको भिडियो सन्देशमा उहाँले महामारीका विरुद्धमा सँगसगै लड्नु पर्नेमा जोड दिएको छ ।

आउनुहोस्, शान्ति स्थापनाका लागि सँगसगै काम गरौँ, सहकार्य गरौँ र अबरोध तथा समस्याहरुको सामना पनि गरौँ, उहाँले भिडियोमा भन्नु भएको छ ।

सन् २०२० भरी कोरोनाभाइरसको महामारी चलेकाले सन् २०२१ मा यो महामारीबाट मुक्त भइसक्ने गरी काम गर्नु पर्नेमा उहाँले जोड दिनुभएको छ ।

कोरोनाभाइरसका कारण अहिलेसम्म संसारभरी १७ लाख ८३ हजार १०० भन्दा बढीको मृत्यु भएको छ भने आठ करोड १७ लाख ३५ हजार भन्दा बढी सङ्क्रमित भएका छन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.