अक्सफोर्ड र अस्ट्राजेनिकाको खोपलाई बेलायतले दियो अनुमति

काठमाडौं– अक्सफोर्ड र अस्ट्राजेनिकाद्वारा विकास गरिएको कोभिड–१९ विरुद्धको खोपलाई बेलायत सरकारले अनुमति प्रदान गरेको छ ।

नयाँ स्वरुपमा कोरोनाभाइरस देखा परेको बेलायतले फाइजर र मोडर्नाको तुलनामा केही कम प्रभावकारी देखिएको अस्ट्राजेनिकाको खोपलाई पनि आगामी जनवरी ४ देखि प्रयोगमा ल्याउने तयारी गरेको हो । यो खोपलाई सामान्य तापमानमा पनि भण्डारण र ओसारपसार गर्न सकिने अस्ट्राजेनिकाले बताएको छ ।

बेलायत सरकारको यो निर्णयसँगै अस्ट्राजेनिकाको खोप आम नागरिकलाई दिने बेलायत पहिलो मुलुक बनेको छ । अस्ट्राजेनिका खोपले ९० प्रतिशतको हाराहारीमा काम गर्ने बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.