प्रतिनिधिसभा पुनर्स्थापना हुन सक्दैनः प्रधानमन्त्री (भिडियोसहित)

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानतः प्रतिनिधिसभा पुनर्स्थापना हुन नसक्ने बताउनु भएको छ ।

विघटनअघि प्रतिनिधि सभामा रहेको ६४ प्रतिशतको बहुमतसहित आफूले सरकारको नेतृत्व गरेकाले प्रतिनिधि सभा पुनःस्थापना भएर सरकार बनाउने विकल्प नरहकोले प्रतिनिधिसभा पुन स्थापना हुन नसक्ने भनाइ प्रधानमन्त्री ओलीको छ ।

बुधबार राजधानीमा आयोजित सुदूरपश्चिम स्तरीय वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले कतिपय कानूनविद्हरुले राजनीतिक पूर्वाग्राह राखेर त्यसको गलत ब्याख्या गरेको बताउनुभयो ।

स्वच्छ निष्पक्ष र धाँधलीरहित निर्वाचन गराउन आफू प्रतिबद्ध रहेको बताउँदै उहाँले निर्धक्क भएर चुनावको तयारीमा जुटन पनि पार्टी कार्यकताहरुलाई प्रधानमन्त्रीले निर्देशन थियो। सत्ता नेतृत्वको कब्जा गर्ने प्रयास असफल भएपछि प्रचण्ड-नेपाल पक्षले पार्टीलाई विभाजनतर्फ लगेको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री ओलीले आन्दोलन छाडेर निर्वाचनबाट आफ्नो बहुमत देखाउन प्रधानमन्त्री ओलीले चुनौती समेत दिनुभयो ।

लामो र पटक पटकको आन्दोलबाट प्राप्त लोकतन्त्र बलियो बन्दै गएकोले कसैले चाहेर पनि लोकतन्त्र खोस्न नसक्ने भनाइ प्रधानमन्त्री ओलीको छ।

https://youtu.be/wDFRLIYsKXo

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.