नयाँ वर्ष सन् २०२१ को अवसरमा प्रधानमन्त्री ओलीले दिनुभएको शुभकामनाको भिडियो सन्देश

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आजदेखि सुरु भएको नयाँ वर्ष सन् २०२१ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना ब्यक्त गर्नुभएको छ ।

बैशाख १ लाई नयाँ वर्षका रुपमा मनाउने नेपालको मौलिक परम्परा भएपनि अन्तर्राष्ट्रिय प्रचलनमा रहेको इस्वी सम्वत्‌लाई अन्तर्राष्ट्रिय नयाँ वर्षका रुपमा मनाउने गरेको प्रधानमन्त्री ओलीले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।

भर्खरै बिदा भएको सन् २०२० मा विश्वब्यापी महामारीका रुपमा फैलिएको कोभिड-१९ को सामना गर्नुपरेको उल्लेख गर्दै प्रधानमन्त्रीले सन्देशमा कोरोनाका कारण राष्ट्रको सामाजिक र आर्थिक जीवनमा नकारात्मक असर परेको उल्लेख गर्नु भएको छ ।

कमजोर र अझ शून्य अवस्थामा रहेको स्वास्थ्य संरचनालाई यसैबीचमा निर्माण गरी कोभिड-१९ को क्षति तुलनात्मक रुपमा न्यून गर्न सफल भएको पनि प्रधानमन्त्रीले सन्देशमा बताउनु भएको छ । यस संक्रामक महामारीबाट नागरिकहरुलाई बचाउन सरकारले अवलम्बन गरेका उपायहरुलाई साथ दिंदै सुरक्षित रहन प्रधानमन्त्री ओलीले सबैमा आह्वान समेत गर्नुभएको छ ।

समृद्ध देश निर्माण गरी जनतालाई सुखी बनाउने राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने गन्तब्य तय गरी अघि बढिरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले समृद्ध नेपाल, सुखी नेपालीको यो राष्ट्रिय आकाङ्‍क्षा पूरा गर्न सुस्थीर राजनीति अपरिहार्य छ भन्नुभयो ।

आगामी दिनमा हाम्रो राष्ट्रिय आकाङ्क्षा पूरा गर्न संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र ब्यवहारिक रुपमा सवलीकरण तथा संविधानको प्रभावकारी कार्यान्वयन एवं सामाजिक जागरण र उत्थानका कामहरुलाई प्रभावकारी ढंगबाट अघि बढाउँदै सुशासन र विकासको बाटोबाट अघि बढ्ने प्रतिवद्धता प्रधानमन्त्री ओलीले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.